अनुमति बिना ड्राेन उडाउने रसियन नागरिक पक्राउ

समाधान संवाददाता २०७६ फागुन १३ गते १३:४३

समाधान संवाददाता, जोमसोम

अन्नपूर्ण संरक्षित क्षेत्रभित्र बिना अनुमति ड्रोन उडाउने रसियन पर्यटक र ड्रोन प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान करिब ९ बजे जिल्ला प्रहरी कार्यालय मुस्ताङले रसियन पर्यटक आइजी ओआरलाई ड्रोनसहित नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक विनोद सुवेदी अनुसार वारागुङ मुक्तिक्षेत्रको कागबेनी आसपासका क्षेत्रमा उनले दृश्य खिचेका थिए । ड्रोन उडाएकै अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएर ड्रोनसमेत जफत गरेको छ ।

Advertisement

जफत गरिएको ड्रोन जोमसोम नागरिक उड्यन कार्यालयमा बुझाइएको छ भने ओआरलाई आवश्यक अनुसन्धानपछि छोडिएको छ । मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्र र संरक्षित क्षेत्रमा ड्रोन क्यामेराबिना अनुमति प्रयोग गर्न पाइँदैन । यसका लागि पर्यटन मन्त्रालय, पर्यटन विभाग अथवा स्थानीय प्रशासनको अनुमति चाहिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया