अनुमति बिना ड्राेन उडाउने रसियन नागरिक पक्राउ
समाधान संवाददाता
२०७६ फागुन १३ गते १३:४३

समाधान संवाददाता, जोमसोम
अन्नपूर्ण संरक्षित क्षेत्रभित्र बिना अनुमति ड्रोन उडाउने रसियन पर्यटक र ड्रोन प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान करिब ९ बजे जिल्ला प्रहरी कार्यालय मुस्ताङले रसियन पर्यटक आइजी ओआरलाई ड्रोनसहित नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक विनोद सुवेदी अनुसार वारागुङ मुक्तिक्षेत्रको कागबेनी आसपासका क्षेत्रमा उनले दृश्य खिचेका थिए । ड्रोन उडाएकै अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएर ड्रोनसमेत जफत गरेको छ ।
जफत गरिएको ड्रोन जोमसोम नागरिक उड्यन कार्यालयमा बुझाइएको छ भने ओआरलाई आवश्यक अनुसन्धानपछि छोडिएको छ । मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्र र संरक्षित क्षेत्रमा ड्रोन क्यामेराबिना अनुमति प्रयोग गर्न पाइँदैन । यसका लागि पर्यटन मन्त्रालय, पर्यटन विभाग अथवा स्थानीय प्रशासनको अनुमति चाहिन्छ ।
सम्बन्धित









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया