चैत ५ भित्र परीक्षा लिन निर्देशन

समाधान संवाददाता २०७६ फागुन २१ गते १२:५३

समाधान संवाददाता, काठमाडौं

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयलाई चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परिक्षा लिइसक्न निर्देशन दिएको छ । पछिल्लो समय कोराना भाइरसको त्रास बढ्दै गएपछि मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयले विद्यालयहरुमा सभा, समारोह, वार्षिकोत्सव लगायतका कार्यक्रम नगर्न आह्वान समेत गरेको छ । ‘विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण र सन्त्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउनु उपयुक्त भएकाले विद्यालयगत रुपमा सञ्चालन हुने शैक्षिक सत्र २०७६ को कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने व्यवस्था गर्न गराउन यस मन्त्रालय सम्बन्धित सबैमा आह्वान गर्दछ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया