ट्रयाक्टर दुर्घटनामा सहचालककाे मृत्यु
समाधान संवाददाता
२०७६ फागुन २१ गते १३:३९

समाधान संवाददाता
वालिङ
स्याङ्जाको बिरुवा गाउँपालिका ७ मा भएको ट्रयाक्टर दुर्घटनामा परी १ जनाको ज्यान गएको छ । सुरुङबाट बलेउतर्फ जाँदै गरेको रा १ त २१०० नं को ट्रयाक्टर एक्कासि पल्टिन जाँदा सहचालक वनध्वज गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ । ट्रयाक्टर बिरुवा ७ सुरुङका ३ जना चढेका थिए ।
गए राति करिब १० बजेको समयमा दुर्घटना हुँदा चालक तेजबहादुर गुरुङ र सहचालक वनध्वज गुरुङ ट्रयाक्टरमा च्यापिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्नुभन्दा पहिले नै स्थानीयले उद्धार गरी घाइते चालक १९ वर्षीय तेजबहादुर गुरुङ र १७ वर्षीय सहचालक ठगराज गुरुङलाई उपचारका लागि पोखरा पठाएका थिए । चालकको चालक अनुमतिपत्र नभएको बताइएको बताइएको छ ।
ग्रामीण भेगका सडकको स्तरोन्नति नहुने र चालकको लापरबाहीका कारण यस्ता दुर्घटना हुने गरेका छन् ।
सम्बन्धित







प्रदेश सङ्ग्रहालयमा कोसेली घर बन्दै
पिस पोस्टरमा युनिशा पहिलो
कुमुदिनी माविमा वादविवाद प्रतियोगिता
अर्जुनचौपारी पोखरा समाजको अध्यक्षमा काफ्ले निर्वाचित
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया