एनसेलको ‘कल आयो पैसा पायो’ योजना

समाधान संवाददाता, काठमाडौंं
एनसेल प्राइभेट लिमिटेडले उपभोक्ताको रोजाइमा रहेको ‘कल आयो पैसा पायो’ अफरमा थप बोनस दिने योजना ल्याएको छ । एनसेलको लोयल्टी कार्यक्रम अन्तर्गत ग्राहकले विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा २ मिनेट वा सो भन्दा धेरै कुरा गर्दा प्रत्येक मिनेटको २ रुपैयाँ बोनस प्रदान गर्ने जनाएको छ ।
बुधबारबाट लागु भएको योजना ३ महिनासम्म चल्ने प्रालिले उल्लेख गरेको छ । एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाई र परिवारजनले गरेको कलमा पहिलो २ मिनेटपछि हरेक मिनेट ११ मिनेटसम्म २ रुपैयाँको दरले बोनस पाउने जनाएको छ । विज्ञप्तिमा अन्तर्राष्ट्रिय आगमन कलमा ग्राहकले २० रुपैयाँसम्म बोनस प्राप्त गर्ने उल्लेख छ ।
एनसेलले प्राप्त बोनस ३ दिनका लागि मान्य हुने जनाएको छ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउनसमेत प्रयोग गर्न सक्छन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १७१२६ मा डायल गरी यो योजना निशुल्क सुचारु गरी लाभ लिन सक्छन् । त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्ने प्रालिको भनाई छ । बोनसका साथै, अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी योजनाको मापदण्ड पूरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ ग्यालेक्सी एट्वान्टी स्मार्टफोन पनि प्राप्त गर्न सक्नेछन् ।
योजनामा प्रत्येक हप्ता १० जना ग्राहकले १÷१ थान स्मार्टफोन पाउनेछन् । १ हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, कुल अन्तर्राष्ट्रिय आगमन कल र औसत कलको समय अनुसार विजेताको छनोट गरिनेछ । आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाई विदेशमा रहेका र उनीहरुसँग सम्पर्कमा रहिरहनु पर्ने ग्राहकका लागि थप लाभ सुनिश्चित गर्दै आकर्षक योजना ल्याउन पाएकामा कम्पनीले खुसी जनाएको छ ।







फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया