चैत मसान्तसम्म मनकामना केबलकार बन्द
समाधान संवाददाता
२०७६ चैत ६ गते १६:०२

समाधान संवाददाता, पाेखरा
शनिबारदेखि लागू हुने गरी मनकामना केबलकार चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको भाइरसलाई मध्यनजर गर्दै मनकामना केबलकार बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डीएन कायस्थले जानकारी दिए ।
उच्चस्तरीय समितिले भिडभाड नगर्न र भिडभाडयुक्त कार्यक्रम र जमघट बन्द गर्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले केबलकार पनि बन्द गर्न निर्देशन दिएको थियो ।
गोरखाको मनकामना मन्दिर दर्शनका लागि दैनिक सयौं जनाले यो केबलकारको प्रयोग गर्ने गर्छन् भने मन्दिरमा पनि भिड लाग्ने गर्छ ।
सम्बन्धित







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया