पिसिआर मेशिन बोकेर हेलिकोप्टर आयो तर कहाँ राख्ने टुङ्गो छैन

समाधान संवाददाता २०७६ चैत १८ गते ९:१५

फोटो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको एचआइभी परिक्षण गर्ने पिसिआरको हो ।

रामकृष्ण ज्ञवाली, समाधान
पोखरा

कोरोना भाइरस लागे नलागेको थाहा पाउन विरामीको स्बाब परिक्षण गर्ने पिसिआर मेशिन सहितको सामाग्री बोकेर काठमाण्डौंबाट उडेको हेलिकोप्टर सिधै पोखरा स्वास्थ्य विज्ञान प्रतिषठानमा ल्याण्ड गरेको छ । अब त्यो ल्याब कहाँ राख्ने भन्ने नयाँ विवाद सुरु भएको छ ।

Advertisement

श्रोतका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीहरु सो ल्याब त्यहा स्थापना गर्ने पक्षमा छैनन् भने प्रदेश सरकार त्यही स्थापना गर्न चाहान्छ । यसो हुँदा फेरि अन्यौल सृजना भएको छ ।

हिजो हेलिकोप्टर व्यवस्थापन गर्न नसकेर मेशिन आएन । आज विहानै मेशिनको साथमा आवश्यक किट, केमिकल र विज्ञको टोली पोखरा आइसकेको छ । छिटो ल्याब सञ्चालन गर्न भन्दै विज्ञको टोलीलाई सिधै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसर मै उतारियो । कहा राख्ने भन्ने विवादले फेरि तरंग सृजना भएको छ ।

Advertisement

हिजो दिनभर पनि मेशिन कहाँ राख्ने भन्ने निर्णय नहुनु भनेको सरकारका जिम्मेबार निकायबीच कुनै समन्वय नहुनु हो । उनीहरु सल्लाह र समझदारीमा निर्णय गदैृनन् भन्ने कुरा यो घटनाले पुष्टी गरेको छ ।

क्षेत्रीय अस्पतालका जिम्मेबार अधिकारीहरु आफ्नो ल्याबमा आज ल्याइएकोे पिसिआर मेशिन राख्ने ठाउ छैन भन्दैछन । उनीहरुले सो ल्याब क्षय रोग केन्द्रमा राख्न ठिक हुने बताइरहेका छन भने प्रदेश सरकारका प्रतिनिधि तथा उच्चस्तरीय निर्देशन समितिले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कै ल्याबमा राख्नु पर्ने अडान लिएका छन ।

यसरी पिसिआर मेशिन फेरि अलपत्र परेको छ ।

तपाईको प्रतिक्रिया