भारतमा कोरोना संक्रमित ३ हजार माथि पुगे, ७५ को मृत्यु

समाधान संवाददाता २०७६ चैत २२ गते ११:३६

एजेन्सी

छिमेकी मुलुक भारतमा कोरोनाकोे कहर बढ्दै गएको छ । भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार शनिबार विहानबाट भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ५९ पुगेको छ ।

कोरोनाबाट अहिलेसम्म ७५ जनाले ज्यान गुमाएका छन् भने १७० जना सन्चो भैसकेका छन् ।

Advertisement

भारतीय प्रधानमन्त्री मोदी कोरोना भाइरस फैलनबाट रोक्नकै लागि २१ दिनको लक डाउन घोषणा गरेको १० पुगेको छ । तर पनि फैलिने क्रम बढेको छ । मुम्बईको सुकुम्बासी वस्तीमा समेत यो रोगले प्रवेश पाएकाले स्थिति नियन्त्रण बाहिर जान सक्ने त्रास छ ।

Advertisement

तपाईको प्रतिक्रिया