आँधिखोला पिस युवा क्लबद्वारा खाद्यान्न सहयाेग

समाधान संवाददाता २०७६ चैत २३ गते १८:५९

समाधान संवाददाता


आँधिखोला पिस युथ क्लब बयारघारीले भीरकोट नगरपालिकाको कार्यालयलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको कार्यालयमा क्लब अध्यक्ष राजकुमार गुरुङले खाद्यान्न सामग्री नुन, दाल र चामल हस्तान्तरण गरेका हुन् ।

भीरकोट नगरपालिका भित्र रहेका अति न्यूनवर्गीय परिवारहरुका लागि राहात स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गरेको अध्यक्ष गुरुङले बताए । दैनिक ज्याला मजदुरी गर्ने परिवारका लागि लकडाउनले पारेको प्रभावलाई मध्यनजर गर्दै क्लबले नेपाल सरकारको निर्देशन अनुरुप नगरपालिकामा हस्तान्तरण गरेकाे उनकाे भनाइ थियाे ।

Advertisement

 खाद्यान्न सामग्री वितरण गर्ने क्लबको योजनामा साथ दिँदै देश तथा विदेशमा रहनु हुनेले समेत आर्थिक सहयोग गरेको उनले जनाए ।

सामग्री  ग्रहण गर्दै नगरप्रमुख छायाराम खनाल एवं प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद पौडेलले खाद्य सामग्री यथाशीघ्र सम्बन्धित परीवारलाई वितरण गर्ने प्रतिबद्धता समेत जनाए । क्लबले प्रत्येक परिवारको लागि १० किलो चामल, १ किलो नुन र १ किलो दाल गरी ५० परिवारका लागि खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

Advertisement

यसअघि क्लबले स्याङ्जा जिल्ला कारागारमा २ सय वटा मास्क वितरण एवं  भीरकोट नगरपालिकाको कार्यालयलाई ७ लिटर सेनिटाइजर र १०० थान मास्क हस्तान्तरण गरेको थियो । त्यस्तै कोरोना भाइरसको रोकथामका लागि भीरकोट नगरपालिका वार्ड न. ८ को टोलटोलमा पुगेर सेनिटाइजर, साबुन तथा मास्क वितरण सहित सचेतना कार्यक्रमको आयोजना समेत गरेको थियो ।

कार्यक्रममा क्लबका उपाध्यक्ष बिश्वास कर्माचार्य, भीरकोट जेसिज् वर्ष २०२० का वरिष्ठ उपाध्यक्ष प्रसुन मगर, क्लबका सह-कोषाध्यक्ष सुजाता गुरुङ सहित नगरपालिकाका पदाधिकारीहरुको समेत उपस्थिति थियो । 

तपाईको प्रतिक्रिया