चट्याङ लागेर ज्यान गुमाएकी कल्पनाको परिवारलाई राहत

समाधान संवाददाता २०७७ वैशाख १२ गते १०:४१

पर्वत, रासस

केही दिनअघि चट्याङ लागेर ज्यान गुमाएकी पर्वतको फलेवास नगरपालिका–३ शङ्करपोखरीकी कल्पना भुसालको परिवारलाई राहत हस्तान्तरण गरिएको छ ।

पीडित परिवारको घरमै पुगेर बिहीबार जिल्ला दैविप्रकोप उद्धार समितिको तर्फबाट रु एक लाख र फलेवास नगरपालिकाको तर्फबाट रु ५० हजार गरी रु एक लाख ५० हजार हस्तान्तरण गरिएको हो ।

Advertisement

फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्मा, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल र प्रहरी नायब उपरीक्षक स्यामु आर्यलसहित घरमै पुगेर राहत रकम हस्तान्तरण गरिएको हो ।

भुसालको वैशाख ७ गते दिउँसो घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर ज्यान गएको थियो । चट्याङ लागेर गम्भीर घाइते भएकी भुसालको उपचारका लागि पर्वत अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

Advertisement

मृतक भुसालका एक छोरा एक छोरी र श्रीमान् छन् । राहत रकम मृतकका श्रीमान् यज्ञप्रसाद भुसाललाई हस्तान्तरण गरिएको फलेवासका नगरप्रमुख शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया