नागढुंगास्थित फर्निचर गोदाममा लागेको आगाे नियन्त्रण, क्षति विवरण आउँदै

समाधान संवाददाता २०७७ वैशाख २० गते १३:२५

समाधान संवाददाता
पोखराको नागढुंगास्थित ‘बिशेष फर्निचर गोदाम’मा आगलागी भएको छ । बिहान ११ बजेतिर सल्केको आगो करिब १ घन्टा पछि सुरक्षा निकायको सहयोगमा नियन्त्रणमा आएको छ ।

गाेदाममा आगो लागेको जानकारी पाउनासाथ प्रहरी सहित, नेपाली सेना र सशस्त्र प्रहरीको सयुक्त टोली परिचालन भई नियन्त्रणमा सम्भव भएको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

आगोका कारण ठूलो क्षति भएको आंकलन गरिएको छ । अनुसन्धानकै क्रममा भएकाले वास्तविक क्षति विवरण भने आइसकेको छैन ।

Advertisement

मानिस कोही नभएको अवस्थामा आगो लागेकाले अनुसन्धान पछि मात्र कारण पत्तो पाइने प्रहरीको भनाइ छ । विकास क्षेत्रीले सञ्चालन गरेको उक्त गोदाममा तयारी फर्निचर र कच्चा सामग्री रहेको कास्की प्रहरीले जनाएको छ ।

तस्बिरहरु: एकराज गिरी

Advertisement

तपाईको प्रतिक्रिया