पोखरा २० मा मजदुरको हत्या
समाधान संवाददाता
२०७७ वैशाख २१ गते ११:४२

सांकेतिक तस्बिर ।
पोखरा
पोखरा महानगरपालिका वडा नम्बर २० बिसाउनास्थित मजुवामा गएराति एक मजदुरको हत्या भएको छ । ओखलढुंगा जिल्लाको सुनकोसी गाउँपालिका वडा नम्बर ५ मुलखर्क निवासी अन्दाजी ५५ वर्षका टंकबहादुर तामाङको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।
टंकबहादुर तामाङसँगै काम गर्ने इन्द्र तामाङ लामा आइतबार बिहानदेखि बेपत्ता छन् । टंकबहादुर हत्या भएको शंका प्रहरीले गरेको छ । शवको टाउकोमा चोट देखिएको छ । शरीरभरि रगतका टाटा छन् ।
शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरी प्रमुख कार्कीले जानकारी दिए । कास्की प्रहरीले टंकबहादुरका हत्याराको खोजी अघि बढाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया