प्रदेश सरकारको कोरोना राहत कोषमा क्रसर व्यवसायीले दिए ५ लाख

पाेखरा
गण्डकी क्रसर उद्योग व्यवसायी संघले गण्डकी प्रदेश कोरोना राहत कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई संघका पदाधिकारीहरुले सोमबार ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीको नेतृत्वमा सचिव छत्रधर आत्रेय, कोषाध्यक्ष रामकृष्ण मल्ल लगायतका व्यवसायीहरु मुख्यमन्त्री कार्यालय पुगेर कोरोना राहत कोषमा चेक हस्तान्तरण गरेका हुन् ।
चेक ग्रहण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विकास निर्मणका योजनाहरुमा कोरोनाको सावधानी अपनाउँदै सञ्चालन भैरहेको जानकारी दिए ।
कोरोना संक्रमण र त्यसको नियन्त्रणका लागि गरिएको लकडाउनका नेपालकै जनजीवन र उद्योग धन्दा प्रभावित भएसँगै निर्माण क्षेत्रमा कच्चा सामाग्रीको आपूर्ति गर्ने गण्डकी प्रदेशका क्रसर उद्योगहरुमा पनि असर गरेको छ ।
लकडाउनका कारण विकास निर्माणका आयोजना सञ्चालन नहँुदा त्यहाँ प्रयोग गरिने कच्चा पदार्थ गिट्टी, बालुवा र ढुंगा समेत आपूर्ति ठप्प छ । लकडाउनका कारण गण्डकी क्षेत्रमा रहेका सम्पूर्ण क्रसर उद्योगहरु बन्द भएका छन् ।







‘प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको पनि दायित्व हो’
प्रदेश सङ्ग्रहालयमा कोसेली घर बन्दै
पिस पोस्टरमा युनिशा पहिलो
कुमुदिनी माविमा वादविवाद प्रतियोगिता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया