१७ जना थपिए कोभिड १९ संक्रमित

समाधान संवाददाता २०७७ वैशाख २४ गते १६:३१

नेपालमा आज बुधबार कोरोना भाइरस कोभिड १९ का संक्रमित १७ जना थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो।

संक्रमितमध्ये एक जना दुई महिने शिशु पनि छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगन्जका हुन् । संक्रमित हुनेमध्ये १० जना पुरुष र ७ जना महिला छन् ।

Advertisement

तपाईको प्रतिक्रिया