कोरोना त्रासले सडक खन्न अवरोध

समाधान संवाददाता २०७७ वैशाख २५ गते १७:५१

एसके थकाली, जोमसोम

राष्ट्रिय गौरवको बेनी–जोमसोम ७६ किलोमिटर सडक स्तरोन्नतिको काममा स्थानीयले अवरोध पुर्याएका छन् । विश्व व्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरना भाईरस (कोभिड–१९)को संक्रमण जोखिमलाई बिषय बनाएर स्थानीयबासीले सडक खन्न बाधा पुर्याएको करिडोर सडकका इन्जिनीयर अश्विनीकुमार यादवले जानकारी दिए ।

कालिगण्डकी करिडोरको बेनी–जोमसोम ७६ किमी सडकको प्याकेज नम्बर ३ को घासा देखि कोवाङ खण्डको काममा स्थानीयले अवरोध पुर्याएको करिडोर सडकका ईन्जिनीयर यादवले बताए । शर्मा गुजरमुखि जेभीले सडक स्तरोन्नतिको जिम्मा लिएको तातोपानी देखि थासाङको घासा र थासाङको घासा देखि कोवाङ खण्डको उपकरणले खन्ने काममा घासा –लेते खण्डका स्थानीयले कोरोना सर्ने डरले सडक खन्न बाधा पुर्याएका हुन् ।

Advertisement

कोरोना भाईरस नियन्त्रणका लागि सरकारले डेढ महिना अघि लक डाउन गरेसँगै सडक स्तरोन्नतिकार्य रोकिएको थियो । नेपाल सरकार मन्त्रीपरिषद बैठकले कोरोना भाईरसको संक्रमण जोखिमको सावधानी अपनाउदै विकास निर्माण काम सूचारु गर्न निर्देशन गरिएपनि सडक खन्ने कामलाई स्थानीयले बाधा पुर्याएको ईन्जिनीयर यादवले सुनाए । सडक खन्ने काममा अवरोध पूग्दा उपकरण चलाउने अपरेट चालकको बिचल्ली परेको ईन्जिनीयर यादवले बताए । यस्तै ,स्थानीय प्रशासनले पनि कोरोना रोकथामका लागि ११ बुँदे सर्तमा रही विकासको काम गर्न आह्वान गरेपनि स्थानीयले सडक खन्ने अपरेटर चालकलाई १४ दिन क्वारेन्टाईनमा बिताएर मात्र काम गर्न सक्ने अडान लिएका छन् ।

तर, सडकका अपरेटहरुले सेल्फ क्वारेन्टाईनमा रही सामाजिक दुरी कायम गरी काम गर्ने भनीएपनि स्थानीयले उक्त सर्तलाई अस्विकार गरेको ईन्जिनीयर यादवले जनाए । उनले कतिपय मजदुर काममा फर्किने क्रममा रहेपनि स्थानीयको अवरोधले विकासको काममा गति दिन समस्या परेको बताए ।यस्तै ,करिडोरको अन्य खण्डको काम गर्नका लागि मजदुरलाई काममा फर्काउनका लागि पास स्वीकृत गर्न स्थानीय संग समन्वय गर्न अप्ठ्यारो परेको करिडोरले जनाएको छ ।सडक खन्न स्थानीयले अवरोध पुर्याएपनि स्थानीय तह र स्थानीय प्रशासनले सहजीकरण नगरेको ईन्जिनीयर यादवको दुखेसो छ ।

Advertisement

कोरोना लकडाउनका कारण १ महिना अघि देखि राष्ट्रिय गौरवको आयोजनाको काम प्रभावित भएको थियो । करिडोरले लक डाउन समयमा सवारी साधनको आउजाउ बन्द हुदा काम गर्न सहज हुने जनाएपनि स्थानीयको अवरोधले समस्या परेको जनाएको छ । बेनी–जोमसोम सडकको राहुघाट देखि मुस्ताङको घासा सम्म मुस्ताङ आउजाउ गर्ने सवारीले टाईमकार्ड लगाएर सडक खन्ने काम हुँदै आईरहेको थियो । त्यहा सडकको बैकल्पिक डाईभर्सन सडक नहुँदा दैनिक ८ घण्टा सवारी रोकेर काम गर्नुपर्ने बाध्यता थियो । लक डाउन खुकुलो भएको र सरकारले अनुमती दिएपछि करिडोरका मजदुर बिस्तारै काममा फर्कन थालेका थिए ।

शर्मा गजुरमुखि र सप्तकोशी जलाधार कन्ट्रक्सनले म्याग्दीको रुप्से ,घासा ,कोवाङ र स्याङ लगायतका स्थानमा सडक फराकिलो पार्ने ,कटिङ र सबबेश लगायतका काम गर्दै आईरहेका छन् । घासा खण्डमा शर्मा गजुरमुखिका करिव १० वटा उपकरणले स्थानीयको अवरोधका कारण काम गर्न सकेका छैनन् । बेनी–जोमसोम ७६ किमी सडकको ४ खण्डमा ६० प्रतिशत प्रगति भएको छ । यस्तै ,जोमसोम –कोरला १ सय १० किमी सडकको ७ खण्ड मध्ये ३ वटा प्याकेज करिडोरलाई हस्तान्तरण भईसकेको छ भने भेना–झैते ११ किमी सडक अन्तिम चरणमा छ । अन्य ३ खण्डको काम ६५ प्रतिशत सम्पन्न भएको छ । करिडोरले स्थानीयको समन्वय भएमा सडकको कामलाई सूचारु गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया