महोत्तरी र काभ्रेमा गरी थप २ जनामा कोरोना संक्रमण
समाधान संवाददाता
२०७७ जेठ ३ गते १७:०९

समाधान संवाददाता
आज शनिबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डा विकास देवकोटाले महोत्तरीका ५२ र काभ्रेका २६ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको जानकारी दिए ।
आज मात्र बारामा नेपाल प्रहरीका जवानमा पनि संक्रमण देखिएको छ । उनी जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत थिए ।
हालसम्म नेपालभर संक्रमितहरूको संख्या २ सय ७८ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।
याे पनि पढ्नुहाेस् ।
कोरोनाबाट मृत्युबारे मन्त्रालयले पुष्टि गरेन, थप अध्ययन हुँदै
सम्बन्धित
तपाईको प्रतिक्रिया