तुलसा पाण्डेकाे सम्झनामा मदन भण्डारी : दही र साग थपेर खानुभयो, त्यही खाना अन्तिम भयो

समाधान संवाददाता २०७७ जेठ ३ गते २२:१७

जमुनावर्षा शर्मा
पोखरा, ३ जेठ

‘ओहो ! आज त जेठ ३ गते मदन बाबुले दही र साग थपी–थपी खाएर, २ दिन पोखरा बस्न आउँछु भन्दै लुंगी र बिफ्रकेश छोडर जानुभएको थियो । त्यसको केही घन्टामा दासढुंगामा गाडी दुर्घटना भएको खबर आयो । निकै विक्षिप्त बनाएको थियो मलाई ।’ उद्योगपति एवं तत्कालीन सिँचाइ तथा उद्योगमन्त्री हरि पाण्डेकी श्रीमती तुलसा पाण्डेले २०५० साल जेठ ३ गते सम्झँदै भनिन् ।


आज मदन आश्रित गुमाएको २६ वर्ष बितिसकेको छ । राष्ट्रपति हाँकै पत्नी विद्या हुनुहुन्छ । उहाँकै पार्टीले सरकार चलाइरहेको छ । फेरि पनि यो घटनाको वास्तविकता थाहा हुन सकेको छैन ।

मदन भण्डारी, जीवराज आश्रित र ऋषि कट्टेल, वाचस्पति देवकोटा जेठ १ गते पोखरा आउँदै हुनुहुन्छ भनेर श्रीमान्ले भन्नुभयो । श्रीमान् सँग पार्टीगत रुपमा निकै राम्रो सम्बन्ध थियो । मदनले मेरो श्रीमानलाई असाध्यै विश्वास गर्नुहुन्थ्यो । जीवराज आश्रित पनि मेरो माइती पाल्पा तिरको हुनुहुन्थ्यो, मेरो श्रीमान र आश्रित सँगै भूमिगत हुनुभएको थियो । कपिलवस्तुमा लुकेर काम गर्नुभएको थियो । सम्बन्ध राम्रो भएकाले पोखरा आउँदा हाम्रो घरमानै उहाँहरुको बास हुन्थ्यो । मनमोहन, केपी ओली, सिपी मैनाली लगायतका थुप्रै नेताहरु घरमा आउने बस्ने गर्नुहुन्थ्यो ।

जमुनावर्षा शर्मा

त्यो दिन ४ जना आउने भनेपनि अरु कार्यकर्ता समेत भेट्न आउने भएकाले मैले १५/२० जनालाई खाना पकाएकी थिएँ । साँझ ८ बजेतिर निकै चारैजना आउनुभयो । बेलुका खाना खाने समयमा गफ चल्यो । मेरो श्रीमान्ले छोरीहरुका लागि के उपहार ल्यायौ चाइनाबाट भनेर सोध्नुभयो । उहाँहरु भर्खर चाइनाबाट आउनु भएको थियो । मदनले देश बनाउने सपना बोकेर हिँडेका हामी छोरीहरुका लागि उपहार किनेर कहाँ भुल्छन् प्लेनमा पाएको दुईवटा चकलेट छ यही दिने हो भन्दै हाँस्नुभयो ।

उहाँहरुको लागि खाना पस्कें, मदन बाबुले भन्नुभयो ‘भाउजु दही खै त ?’ उहाँलाई दही निकै मनपर्छ भन्ने मलाई थाहा थियो । काठको भाँडामा जमाएको दही दिएँ । भाउजूको हातको खानाको स्वाद नै बेग्लै भन्दै खाना थपीथपी खानुभयो । त्यो रात मैले जुठो भाँडा गर्दा १२ बजेको थियो । मदन, आश्रित र वाचस्पति एउटा कोठा र ऋषि कट्टेल र अमर लामा फरक फरक कोठामा सुते ।

अघिल्लाे दिनदेखि नै अमरकाे व्यवहार शंकास्पद थियाे



अमर आएन, मैले अमरलाई बोलाउन गएँ, उसले मदनको सुटकेश टेबलबाट भुइँमा बजार्दै झार्‍यो, मैले किन त्यसो गरेको, फुट्ने सामान होला भनें, उ केही बोलेन ।

जेठ २ गते बिहान पार्टी काममा निस्कने तरखरमा हुनुहुन्थ्यो । मैले परौठा तरकारी नास्ता खुवाएँ । उहाँहरु आफ्नै काममा लाग्नुभयो । दिउँसोतिर खाना खान आउनुभयो । पार्टीका कुराहरु हुन्थे । २ गते राति अमर लामा घरिघरि ट्वाइलेट गइरहेको थियो । अलि कस्तो कस्तो व्यवहार देखाएको थियो । मैले श्रीमान्लाई पनि भने अमर कति छट्पट गरिरहेको हो भनें, ट्वाइलेट एट्याच थिएन । भित्र बाहिर गरेको थाहा हुन्थ्यो । श्रीमान्ले केही होइन होला भन्नुभयो ।

जेठ ३ गते बिहान पनि नास्ता बनाएर खुवाएँ । अमरसिंहमा बैठक छ भनेर उहाँहरु जानुभयो । त्यो बिहान अमर लामा गाडी बिग्रेको छ भनेर गयो । मदन आश्रित, ऋषि, वाचस्पति अनि मेरो श्रीमान् पनि १२/१ बजेतिर खाना खान आउनुभयो ।


मैले सबैलाई खाना राखें, कुर्ची टेबल थिएन । गुन्द्री ओछ्याएँ । त्यही अगाडि सबैलाई खाना राखिदिएँ । मदनले ‘भाउजू दही म कचौरामा राख्छु है’ भन्दै दही राख्न थाल्नुभयो । सबै खाना खान थाले, तर अमर आएन, खाना बोलाउँदा आनाकानी गरिरह्यो । मदन आश्रितले खाना खाएको पनि घरिघरि झ्यालबाट चिहाएको थियो । वाचस्पतिले अलि चर्कोको स्वरले बोलाएपछि बल्ल आयो, तर भात खेलाइरह्यो । उसको मनमा निकै कुरा खेलेजस्तो लागेको थियो ।


दिउँसो ३ या साढे ३ बजे, मलाई ठ्याक्कै याद भएन, उहाँहरु पोखरामा पार्टीको कार्यक्रम सकाएर चितवनमा अखिल नेपाल महिला संघको कार्यक्रमको जिल्ला अधिवेशनका लागि जाने तरखर गर्नुभयो । मैले आज आराम गर्नुस्, भोलि बिहान ५ बजे नै नास्ता खाएर जानुहोला भनें । मदन बाबुले भन्नुभयो ‘भाउजु भर्खर चाइनबाट आएको हिसाब किताब पनि बुझाउनु छ, चितवनको कार्यक्रम सकेर, गोर्खा जान्छु र त्यसपछि २ दिन बस्ने गरी पोखरा आउँछु ।’

उहाँले एउटा लुंगी र सानो ब्रिफकेश (कागजपत्रहरु राख्ने ) यहिँ छोड्नुभयो । मैले सधैं पूजा गर्ने भएकाले ढोका नजिक राखेको पूजाको थाली निकालें र टीका लगाइदिएँ । मदन हा.. हा.. गरेर मजाले हाँस्नुभयो, मैले किन हाँस्नुभयो भनेर प्रश्न गरेंं, उहाँले भन्नुभयो ‘भाउजु हजुरको तरिका देखेर नि, आमाजस्तै सबै ख्याल गर्नुहुन्छ ।’ मैले हिड्ने बेला वरपीपललाई दाहिने पारेर जानु है भने । चिप्लेढुंगामा अहिले पनि वर पीपलको रुख छ ।


साँझ ६ बजेतिर होला फोन आयो । मदन आश्रित चढेको जीप दासढुंगामा दुर्घटना भयो भनेर । म झसंग भएँ, पत्याउने कसरी ? छिट्टै आउँछु भन्दै कपडा राखेर जानुभएको । हरेक कुराले झल्झली आउन थाल्यो ।

जीवराज आश्रितले अल्सर भएको छ भाउजु तातोपानी खान्छु भन्नुभयो । मैले उहाँको लागि मात्रै परौठा र परबरको तरकारी टिफिनमा राखिदिएँ, तातोपानी टुमलेटमा राखिदिएँ, अरुले होटलमा खाए पनि हजुरले यो खानुहोला भन्दै दिएँ ।

अमर आएन, मैले अमरलाई बोलाउन गएँ, उसले मदनको सुटकेश टेबलबाट भुइँमा बजार्दै झार्‍यो, मैले किन त्यसो गरेको, फुट्ने सामान होला भनें, उ केही बोलेन । ड्राइभर रिसाउँदा मनमा चिसो पसेको भन्दै मदनलाई अमर रिसाएको कुरा गरें । उहाँले अमरलाई ३ वर्षदेखि पालेको र उसको बानी त्यस्तै भएको भन्दै चिन्ता नलिन भन्नुभयो ।

सबैजना हामीबाट बिदा भएर चितवन लाग्नुभयो ।

साँझ ६ बजेतिर होला फोन आयो । मदन आश्रित चढेको जीप दासढुंगामा दुर्घटना भयो भनेर । म झसंग भएँ, पत्याउने कसरी ? छिट्टै आउँछु भन्दै कपडा राखेर जानुभएको । हरेक कुराले झल्झली आउन थाल्यो ।

ऋषि र वाचस्पतिको घर गोर्खा भएकाले खैरेनीमा ओर्लनुभएको रहेछ । घरबाट जाँदा औद्योगिक क्षेत्रसम्म मेरो श्रीमान् पनि त्यही गाडीमा गएको देख्नेहरुले पनि फोन गर्न थाल्नुभयो । निरन्तर फोनको घन्टी आउनथाल्यो । म कुनै जवाफ दिन सक्ने अवस्थामा भइनँ ।

अमरको व्यवहारले त्यही समयदेखि चिसो बनाएको थियो । मेरो मनले झन् धेरै शंका गर्न थाल्यो ।

आज मदन आश्रित गुमाएको २६ वर्ष बितिसकेको छ । राष्ट्रपति उहाँकै पत्नी विद्या हुनुहुन्छ । उहाँकै पार्टीले सरकार चलाइरहेको छ । फेरि पनि यो घटनाको वास्तविकता थाहा हुन सकेको छैन । कहिलेकाहिँ एकदम नरमाइलो लाग्छ । आज पनि दही र साग खाँदा मदनलाई सम्झन्छु, उहाँको छोडेको लुंगी र ब्रिफकेस पनि पछि काठमाडौं पठाइदिएँ ।


हाम्रो मानसपटलमा उहाँ १ असल र दूरगामी विचार बोक्ने निष्ठावान नेताको रुपमा रहिरहनु भएको छ । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहदुलीय जनवादले नेपाल कम्युनिस्ट आन्दोलनको मार्गचित्र कोरेको छ । नेता मदन भण्डारीका पदचापलाई पछ्याउन सके विकास हुने थियो भन्ने लागिरहन्छ ।

तपाईको प्रतिक्रिया