एम्बुलेन्स काली गण्डकीमा खस्यो, चालक वेपत्ता

समाधान संवाददाता २०७७ जेठ ४ गते १८:११

एसके थकाली
जोमसोम, ४ जेठ


मुस्ताङको थासाङ गाउँपालिकाबाट बिरामी लिन म्याग्दीको बेनीतर्फ जादै गरेको एम्बुलेन्स आइतबार दिउँसो म्याग्दीमा दुर्घटना भई कालिगण्डकी नदीमा खसेको छ ।

मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रको ग१झ ३११ नम्बर एम्बुलेन्स जिप अचानक अनियन्त्रित भई म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीको रिठेबोट भन्ने स्थानको बेनी–जोमसोम सडकखण्डबाट करिब ८० मिटर तल कालिगण्डकी नदीमा खसेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

Advertisement


मुस्ताङको थासाङ गाउँपालिकाकी एक प्रसूति बिरामी बेनी अस्पतालमा डेलिभरी भई घर फिर्ता ल्याउने उद्देश्यले बेनीतर्फ जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको जनाइएको छ । दुर्घटनाग्रस्त एम्बुलेन्स जिपका चालक बेपत्ता छन् ।

दुर्घटनाको खबर पाएपछि म्याग्दी प्रशासन, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि लगायतले खोजी गरिरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए ।

Advertisement

चालक मुस्ताङको थासाङ गाउँपालिका–४ झिप्रा देउरालीका २५ वर्षीय सुजन विक हुन् । उनी ४ महिनादेखि लेते प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स चालकको काम गर्दै आइरहेका थिए ।
..
तस्बिर : इन्द्रसिंह शेरचन ।

तपाईको प्रतिक्रिया