कालीगण्डकी किनारमा बालककाे शव भेटियो
समाधान संवाददाता
२०७७ जेठ ७ गते १७:५९

पोखरा, ७ जेठ
स्याङ्जा चापाकोट नगरपालिका-७ वनकट्टास्थित कालीगण्डकी नदीको किनारमा बुधबार १ बालकको शव भेटिएको छ ।
नदी किनारमा उत्तानो परी पानीमा तैरिएको अवस्थामा अन्दाजी ८\१० वर्षको बालकको शव भेटिएको प्रदेश प्रहरी कार्यालय गण्डकीका डिएसपी राजेन्द्रबाबु रेग्मी रेग्मीले जानकारी दिए ।
ती बालकके थर,वतन नखुलेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया