कास्कीकाे पञ्चासे क्षेत्रमा सहयाेग

समाधान संवाददाता २०७७ जेठ ८ गते १०:२६

पाेखरा

कोरोना प्रकोपका कारण आर्थिक समस्यामा परेका कास्कीको पोखरा महानगरपालिका -२३ मा पर्ने दमदमे, सिधाने, कुद्वीडाँडा र मकानपुर क्षेत्रमा बसोबास गर्ने विपन्न तथा असहाय करिब १ सय परिवारलाई खाधान्नसहित राहत सामग्री वितरण गरिएको छ ।

Advertisement

पोखरा फेवातालको मुहानको रुपमा मानिने उक्त क्षेत्र पोखराको मुख्य बजारबाट २० देखि करिव ३० किलोमिटर दुरीमा पर्छ । कास्की, स्याङ्जा र पर्वतको सिमानामा पर्ने पञ्चासे डाँडा जिक रहेकोले त्यस क्षेत्रलाई पञ्चासे क्षेत्रकारुपमा समेत चिनिन्छ ।

विगतमा गुरुड् बस्तीको रुपमा रहे पनि पछिल्लो समय त्यस क्षेत्रका अधिकांश स्थानीय वदेशिक रोजगारिको शिलसिलामा विदेश जाने र बजार क्षेत्रमा बसाइँ सर्ने क्रम तीब्र भएपछि हाल त्यस क्षेत्रमा दलित समुदाय र विपन्न वर्गका परिवारकाे अधिक बसाेबास छ ।

Advertisement

पञ्चासे हर्पनडाँडा समाज युकेको सहयोगमा त्यस क्षेत्रमा राहत वितरण गरेको हो । दमदमे, सिधाने, कुद्वीडाँडा र मकानपुर लगायत त्यस क्षेत्रबाट युकेमा गएर विभिन्न पेसा र व्यवसायमा संलग्न व्यक्तिहरुले सन् २०१२ मा पञ्चासे हर्पनडाँडा समाज युकेको स्थापना गरेको हुन् ।

सोही समाजले त्यस क्षेत्रका बासिन्दालाई विभिन्न सहयोग गर्ने क्रममा यस पटक राहात स्वरुप खाधान्न वितरण गरेको हो । पोखराबाट ४ वटा गाडीमा खाधान्न लिएर गाउँ गााउँमा पुगेर वितरण गर्दा स्थानीय सर्वसाधारण पनि निकै ख़ुशी भएका थिए ।

राहत वितरण कार्यक्रममा एनआरएन युकेका सल्लाहकार एवं पञ्चासे हर्पनडाँडा समाज युकेका महासचिव प्रकाश गुरुङले आफ्नो जन्म स्थानको सम्झना र आफन्तहरुको मायाका कारण कठिन परिस्थितिमा रहेर पनि युकेमा रहेकाहरुबाट सहयोग जुटेकोले राहत सामग्री वितरण गरिएको बताए ।

समाजले यस अघि पनि विभिन्न कामका लागि करिव ३० लाख बराबरको सहयोग गरेको र भविष्यमा पनि गर्दै जाने उनले बताए । प्रकाशसहित उनकी श्रीमती संगिना र समाजका सदस्य धर्मावती गुरुङ र मनदेवी गुरुङसमेत राहत वितरणमा सहभागी थिए ।

पोखरा महानगर-२३ का वार्ड सदस्यद्वय दुर्गा बहादुर घले र भरत भण्डारीको रोहवरमा ३ स्थानमा छुट्टाछुट्टै कार्यक्रम गरेर राहत वितरण गरिएको हाे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ एवं नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले युकेमा बस्नेहरुले आफ्नो गाउँ सम्झेर सहयोग गरेकोमा खुसी प्रकट गर्दै समाजले अन्य क्षेत्रमा पनि रचनात्मक काम गर्दै आएको बताए । आफ्नो बेलायत भ्रमणपछि समाजसँगको सम्बन्ध थप प्रगाढ बनेको स्मरण गर्दै पराजुलीले यस पटक पनि आफ्नो जन्मगाऊँमा समाजसँग समनवय गरी राहत सामग्री लिएर आउन पाएकोमा ख़ुसी लागेको बताए ।

अलगअलग कार्यक्रममा स्थानीय समाजसेवी पदमबहादुर गुरुङ, गुमानसिंह गुरुङ, शिक्षासेवी मिनबहादुर गुरुङ, सबिन गुरुङ, लक्ष्मी गुरुङ लगायतले भनाइ राखेका थिए ।

उक्त अवसरमा प्रतिपरिवार २५ केजी चामल, २ लिटर तेल, २ केजी दाल २ केजी चिउरा, नुन, चिनी, चियापत्ती, साबुन लगायत सामग्री वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया