गाउँको स्वास्थ्य चौकीमा कार्यरत नर्स कोरोना संक्रमित

समाधान संवाददाता
नेपालमा कोरोना भाइरसका संक्रमित बढेसंगै यसका विरुद्धको लडाईमा खटिएका वारियरहरुमा पनि संक्रमण बढ्दै गएको छ । पश्चिम नेपालको बाँकेको एक गाउमा एक जना नर्स कोरोना भाइरसको संक्रमित भएको पाइएको छ ।
खजुरा गाउँपालिका वडा नं। ३ निवासी ४२ वर्षीया एक स्टाफ नर्समा कोरोना संक्रमण देखिएको हो । गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिएको उल्लेख गर्दै सेतोपाटीले यो समचार लेखेको छ।
गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ती नर्सको दुई दिन अगाडि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट स्वाब संकलन गरिएको थियो।
‘हामीले उहाँसँगै फ्रन्टलाइनमा खटिएका ११ जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरेका थियौं,’ अध्यक्ष कक्षपतिले भने ‘अरु कसैमा कोरोना देखिएन तर उहाँमा मात्रै देखियो।’
संक्रमण पुष्टि भएपछि ती स्वास्थ्यकर्मीलाई खजुरास्थित आइसोलेसन वार्डमा राखिएको अध्यक्ष कक्षपतिले जानकारी दिए ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया