मुस्ताङमा २ जनाको पिसिआर, ७३ जनाको आरडिटी परीक्षण

समाधान संवाददाता २०७७ जेठ १० गते १७:०९

एसके थकाली, जोमसोम

नोवल कोरना भाईरस कोभिड–१९ को संम्भावित लक्षण देखिएपछि मुस्ताङबाट शनिबारसम्म २ जना पिसिआर परीक्षण भएको छ । घरपझोङ र थासाङ गाउँपालिकाबाट एक/एक जनाको २ साताको फेरोमा पिसिआर परीक्षण भएको हो ।

मुस्ताङको थासाङमा बस्दै आएका ३१ वर्षीय एक पुरुषको कोरोना लक्षण देखिएपछि थ्रोड स्वाब शुक्रबार पोखरा पठाइएको थियो । शनिबार साँझ जिल्ला अस्पताल जोमसोमले ती पुरुषको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

Advertisement

उनलाई उच्च जरो र रुखाखोकी देखिएपछि अस्पतालको आईसोलेसन कक्षमा भर्ना गराई गरिएको थियो। यसअघि मुस्ताङ घर भएकी तर काठमान्डौंबाट आएकी एक युवतीको पिसिआर रिपोर्ट पनि रिपोर्ट नेगेटिभ आएको जोमसोम अस्पतालले जनाएको छ ।

यस्तै , मुस्ताङमा हालसम्म ७३ जना व्यक्तिको ¥यापिड डाईगोनोष्टिक आरडिटी परीक्षण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण गरिएका सबैको रिपोर्ट पनि नेगेटिभ आएको थियो । पोखरा र काठमान्डौं लगायतका स्थानमा जिल्ला फर्किन नपाई अपपत्र परेका करिव १३ सय मुस्ताङी गृह जिल्ला मुस्ताङ फर्किएका थिए ।

Advertisement

मुस्ताङ भित्रिएका मध्ये २५ जनाको आरडिटी गरिएको थियो । थासाङ गाउपालिका–४ को जनता आधारभुतको क्वारिन्टनमा बसेका थिए । यस्तै ,क्वारेन्टिनमा खटिएका सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी तथा विदेशबाट जिल्ला फर्किएकाहरुको आरडिटी परीक्षण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख टिकाराम भण्डारीले बताए।

तपाईको प्रतिक्रिया