सेतीले बगाएर मृत्यु

समाधान संवाददाता २०७७ जेठ १२ गते १८:५६
संकेतिकतस्विर


दुलेगौंडा, १२ जेठ

तनहुँको शुक्लागण्डकीमा सेती नदीले बगाएर युवकको मृत्यु भएको छ । वडा नंं. ४ र ८ को सीमास्थित पुल्चोकमा सोमबार दिउँसो नुहाउने क्रममा नदीले बगाएर तराईवासी करिव २५ वर्षीय युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए ।

शुनपा–२ गाछेपानीमा बन्दै आएका उनी कवाडी संकलन गर्दै आएका थिए । पप्पु भनेर चिनिने उनको थप परिचय खुल्न सकेको छैन । बाख्रा चराउन आएका स्थानीयले नदीले युवकलाई बगाएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

प्रहरी निरीक्षक रेग्मीको नेतृत्वमा खटिएको टोलीले स्थानीयको सहयोगमा मृत अवस्थामा करिब ३ सय मिटरतलबाट उद्धार गरेका हो । शव पोस्टमार्टमका लागी दमौली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया