पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्याङ्जाका १ व्यक्तिको मृत्यु, परीक्षणका लागि स्वाब लिइयो

समाधान संवाददाता २०७७ जेठ १९ गते ११:४०

समाधान संवाददाता

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा १ व्यक्तिको मृत्यु भएको छ । स्याङ्जा फेदीखोला गाउँपालिका खहरेका ५१ वर्षीय खड्कबहादुर कार्कीको उपचारको क्रममा अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको हो ।

उनी भारतबाट आई क्वारेन्टिनमा ५* दिन बसेर घर फर्किएका थिए । शुक्रबार मात्र उनको स्वाब परीक्षणमा कोरोना भाइरस परीक्षणमा नेगेटिभ देखिएको पश्चिमाञ्चल अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

Advertisement

आइतबार साँझ उनको अस्पतालमा मृत्यु भएपछि थप परीक्षणका लागि स्वाब पुनः संकलन गरिएको उनले बताए । ‘शुक्रबारको रिपोर्टमा नेगेटिभ आइसकेको थियो । फेरिपनि हामीले कोरोना परीक्षणका लागि स्वाब लिएका छौं,’ उनले भने ।

घर गएर नियमित काममा फर्किसकेपछि स्वास्थ्यमा केही समस्या देखिँदा उपचारका लागि पोखरा ल्याइएको थियो । मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै राखिएको छ ।

Advertisement

प्रहरीलाई जानकारी छैन

अस्पतालमा स्याङ्जाका ति व्यक्तिको मृत्युबारे कास्की प्रहरी बेखबर रहेको पाइएको छ ।

घटनाबारे थप पुष्टि गर्न खोज्दा कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नरहरि अधिकारीले स्याङ्जाको व्यक्ति भएकाले कास्कीलाई जानकारी नरहेको बताए ।

*सच्चाइएको

तपाईको प्रतिक्रिया