पर्वत र स्याङ्जामा ५/५ जनामा संक्रमण, प्रदेशभर ३७ जना संक्रमित
![](https://www.samadhannews.com/wp-content/uploads/2020/05/corona-virus-negative-positive.jpg)
पाेखरा
गण्डकी प्रदेशका २ जिल्लामा मंगलबार बिहान १० जना काेराेना संक्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्वतमा पहिलाेपटक ५ जनामा संक्रमण देखिएकाे छ भने स्याङ्जामा ५ जना थपिएका हुन् ।
स्याङ्जाकाे चापाकोट नगरपालिका ठेगाना भइ सोही नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २२, २६, ३२ र ४० का ४ जना पुरुषमा काेराेना भेटिएकाे छ ।
बिरुवा गाउँपालिका घर भएका र बिरुवामै क्वारेन्टाइनमा रहेका २० वर्षे १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ |
पर्वतकाे फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २० र ४० वर्षका २ जना पुरुष र महाशिला गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका १९, २० र २१ वर्षका ३ जना पुरुष गरी पर्वत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ |
उनीहरु सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएकाे छ | यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ|
![](https://www.samadhannews.com/wp-content/uploads/2020/06/gandaki.jpg)
तपाईको प्रतिक्रिया