विश्वभर काेराेनाेबाट ३ लाख ८३ हजारकाे मृत्यु

समाधान संवाददाता २०७७ जेठ २२ गते ६:४२

पाेखरा

विश्वभर कोरोना संक्रमणपछि ३ लाख ८३ हजार ३ सय १८ जनाको मृत्यु भएको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ। त्यहाँ १ लाख ७ हजार ९९ जनाको मृत्यु भएको छ।

Advertisement

त्यस्तै, बेलायतमा ३९ हजार ८ सय ११, इटालीमा ३३ हजार ६ सय १, ब्राजिलामा ३१ हजार १ सय ९९ जनाको मृत्यु भएको छ।

विश्वभर बिहीबार बिहानसम्म ६३ लाख ९३ हजार ९ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा सर्वाधिक १८ लाख ४९ हजार ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

ब्राजिलमा ५ लाख ५५ हजार ३ सय ८३, रुसमा ४ लाख ३१ हजार ७ सय १५, बेलायतमा २ लाख ८१ हजार २ सय ७०, स्पेनमा २ लाख ४० हजार ३ सय २६, इटालीमा २ लाख ३३ हजार ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर २७ लाख ८६ हजार ६ सय १५ जना संक्रमणमुक्त भएका छन्। बिहीबार बिहानसम्म अमेरिकामा ४ लाख ७९ हजार २ सय ५८, ब्राजिलमा २ लाख २३ हजार ६ सय ३८, रुसमा १ लाख ९५ हजार ५ सय ५९, जर्मनीमा १ लाख ६७ हजार ४ सय ५३ जना संक्रमणमुक्त भएका छन्।

तपाईको प्रतिक्रिया