पोखरामा उपचाररत वालिङकी संक्रमितलाई स्याङ्जाकै आइसोलेसनमा लगियो
समाधान संवाददाता
२०७७ जेठ २४ गते १५:३६

समाधान संवाददाता
पोखरामा उपचाररत वालिङकी कोरोना संक्रमित महिलालाई आज स्याङ्जाको हेलुस्थित कालिका सामुदायिक अस्पताल लगिएको छ ।
जिल्लामा आइसोलेसन बनाइएकाले उनलाई उपचारका लागि उतै लगिएको हो । वालिङ १३ घर भएकी ३९ वर्षीया ती महिलामा १४ जेठमा कोरोना पुष्टि भएको थियो ।
स्याङ्जा जिल्ला अस्पतालमा महिलाका लागि छुट्टै आइसोलेसन नभएपछि जेठ १५ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा ल्याइएको थियो ।
स्वास्थ्य अवस्था सामान्य रहेकी उनलाई १० दिनपछि जिल्लाकै सामुदायिक अस्पतालमा बनाइएको आइसोलेसनमा लगिएको क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
स्याङ्जाको हेलुस्थित कालिका सामुदायिक अस्पतालमा ५० बेडको आइसोलेसन तयार पारिएको छ । उक्त अस्पतालमा वाइफाई लगायत सुविधा उपलब्ध छन् ।
सम्बन्धित








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया