पोखरामा उपचाररत वालिङकी संक्रमितलाई स्याङ्जाकै आइसोलेसनमा लगियो
समाधान संवाददाता
२०७७ जेठ २४ गते १५:३६

समाधान संवाददाता
पोखरामा उपचाररत वालिङकी कोरोना संक्रमित महिलालाई आज स्याङ्जाको हेलुस्थित कालिका सामुदायिक अस्पताल लगिएको छ ।
जिल्लामा आइसोलेसन बनाइएकाले उनलाई उपचारका लागि उतै लगिएको हो । वालिङ १३ घर भएकी ३९ वर्षीया ती महिलामा १४ जेठमा कोरोना पुष्टि भएको थियो ।
स्याङ्जा जिल्ला अस्पतालमा महिलाका लागि छुट्टै आइसोलेसन नभएपछि जेठ १५ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा ल्याइएको थियो ।
स्वास्थ्य अवस्था सामान्य रहेकी उनलाई १० दिनपछि जिल्लाकै सामुदायिक अस्पतालमा बनाइएको आइसोलेसनमा लगिएको क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
स्याङ्जाको हेलुस्थित कालिका सामुदायिक अस्पतालमा ५० बेडको आइसोलेसन तयार पारिएको छ । उक्त अस्पतालमा वाइफाई लगायत सुविधा उपलब्ध छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया