रुपा गाउँपालिकाका अध्यक्ष ओझा भन्छन्, ‘त्रसित होइन, सचेत बनौं’

समाधान संवाददाता
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकामा कोरोनाका २ संक्रमित भेटिएपनि त्रसित नहुन आग्रह गरेका छन् । क्वोन्टिनमा बसेका बाँकी व्यक्तिहरुको अवस्था सामान्य रहेको र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै क्वारेन्टिन निर्माण गरेकाले उच्च सावधानी अपनाइएकोले त्रसित नभई सचेत रहन उनकाे आग्रह छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार रुपाका २ पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि गरेको थियो । संक्रमित भारतबाट आएका थिए । सीमा नाकाबाट सुरक्षित तवरले गाउँपालिका ७ स्थित हंसपुर क्वारेन्टिनमा राखिएको अध्यक्ष ओझाले जारी विज्ञप्तीमार्फत बताएका छन् ।
क्वारेन्टिनमा भएका २४ जनामध्य भारतको हैदराबादबाट आएका रुपा ५ का २३ वर्षीय र ७ का ३२ वर्षीय दुबै पुरुषको संक्रमण देखिएको तर बाँकी २२ जनाको रिपोर्ट नेगेटिभ देखिएको जारी विज्ञप्तीमा उल्लेख छ ।
संक्रमितको उपचारका लागि पश्चिमाञ्चाल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा पठाइसकिएको अध्यक्ष ओझाले जानकारी दिए ।
अस्पतालका निर्देशक डा अर्जुन आचार्यले समेत विज्ञप्ती जारी गर्दै रुपाका २ र पोखराका १ संक्रमितको उपचारका लागि आइसोलेसन वार्डमा भर्ना गरिसकिएको जनाएका छन् । संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।









अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया