नेपालमा थप ३२३ जनामा काेराेना भाइरस संक्रमण, बाग्लुङको ताराखोलामा पनि भेटिए

समाधान संवाददाता २०७७ जेठ २४ गते १६:३६

समाधान स‌वाददाता

नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २८६ जना पुरुष र ३७ जना महिलामा संक्रमण देखिएको हो।

Advertisement

आज थपिएका ३२३ सहित नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए। नेपालमा हालसम्म ३६५ जना उपचारपछि निको भएका छन्।

पछिल्ललो २४ घण्टामा ३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्। प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ७० जिल्लामा संक्रमण देखिएको छ।

Advertisement

बाग्लुङको ताराखोलामा पनि भेटिए कोरोना संक्रमित

गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा एक जना कोरोना भाइरस संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बाग्लुङको ताराखोला गाउ पालिकाको क्वारेन्टिनमा बसेका ३९ बर्षीय पुरुषमा कोरोना भाइरस संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया