कोरोनाबाट नेपालमा १३ को मृत्यु, शनिबार मात्र २ पुष्टि, देशभर ३२३५ संक्रमित

समाधान संवाददाता
तिव्र रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले प्रेस बिफ्रिङको क्रममा नेपालभर १३ जनाको मृत्यु भइसकेको पुष्टि गरेका हुन् । शनिबार पुष्टि भएकामा डोल्पा जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय पुरुष छन् ।
उनको जेठ २१ गते राति २ बजे निधन भएको थियो । निधन पश्चात्त मात्र उनीमा कोरोना संक्रमण भएको पत्तो लागेको थियो । उनी १६ गते सुर्खेतबाट डोल्पा पुगेर क्वारेन्टिनमा बसेका थिए । उनी दमका रोगी थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उनको संक्रमण पुष्टि भएको थियो ।
कैलाली धनगढी ४ की ५५ वर्षीया महिलाको समेत कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । मृगौला डायलिससको लागि अस्पताल पुगेकी उनको जेठ २३ गते मृत्यु भएको हो । कोरोनाको लक्षण नदेखिएपनि उनको पिसिआर परीक्षणमा पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
शनिबार मात्र संक्रमितको संख्या ३ सय २३ थप भएका छन् । तिमध्य २ सय ८६ जना पुरुष छन् भने, ३७ महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । कोरोना संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ३ सय ६२ पुगेको छ । शनिबार मात्र थप ३२ डिस्चार्ज भएका हुन् ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया