कोरोनाबाट नेपालमा १३ को मृत्यु, शनिबार मात्र २ पुष्टि, देशभर ३२३५ संक्रमित

समाधान संवाददाता २०७७ जेठ २४ गते १७:०६

समाधान संवाददाता

तिव्र रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले प्रेस बिफ्रिङको क्रममा नेपालभर १३ जनाको मृत्यु भइसकेको पुष्टि गरेका हुन् । शनिबार पुष्टि भएकामा डोल्पा जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय पुरुष छन् ।

उनको जेठ २१ गते राति २ बजे निधन भएको थियो । निधन पश्चात्त मात्र उनीमा कोरोना संक्रमण भएको पत्तो लागेको थियो । उनी १६ गते सुर्खेतबाट डोल्पा पुगेर क्वारेन्टिनमा बसेका थिए । उनी दमका रोगी थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उनको संक्रमण पुष्टि भएको थियो ।

Advertisement

कैलाली धनगढी ४ की ५५ वर्षीया महिलाको समेत कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । मृगौला डायलिससको लागि अस्पताल पुगेकी उनको जेठ २३ गते मृत्यु भएको हो । कोरोनाको लक्षण नदेखिएपनि उनको पिसिआर परीक्षणमा पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

शनिबार मात्र संक्रमितको संख्या ३ सय २३ थप भएका छन् । तिमध्य २ सय ८६ जना पुरुष छन् भने, ३७ महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । कोरोना संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ३ सय ६२ पुगेको छ । शनिबार मात्र थप ३२ डिस्चार्ज भएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया