मन्त्रालयले भन्याे : संक्रमितलाई परीक्षण नगरी घर पठाउ

पाेखरा
कोरोना संक्रमण भई अस्पताल भर्ना भएका संक्रमितहरूलाई परीक्षण नगरी डिस्चार्ज गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका कोभिड अस्पताललाई निर्देशन दिएको छ।
लक्षण भएका संक्रमितलाई लक्षण देखिन छोडेको ३ दिनभित्र र लक्षण नभएकालाई भर्ना भएको १४ दिनभित्र परीक्षण नगरी डिस्जार्च गर्न मन्त्रालयले निर्देशन दिँदै पत्राचार गरेको हो।
सबै कोभिड अस्पताललाई जेठ २० गते जारी भएको‘नेसनल टेस्टिङ गाइनलाइड फर कोभिड १९’ अनुसार पोजेटिभ केसलाई लक्षण देखिन छोडेको ३ दिन र जम्मा १४ दिनको भर्नालाई आइसेलेन पछि टेस्ट नगरी डिस्चार्ज गर्न स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई, स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा गुणराज लोहनीले परिपत्र गरेका छन्।

हालसम्म संक्रमित भई अस्पताल भर्ना भएका सबैको पिसिआर परीक्षण गरी नेगेटिभ आएपछि मात्र डिस्चार्ज हुँदै आएका छन्।
जनस्वास्थ्य विज्ञहरुले भने मन्त्रालयको यस्तो परिपत्रप्रति आश्चर्य व्यक्त गर्दै परीक्षण नगरी डिस्चार्ज गर्दा समुदायमा कोरोना संक्रमण फैलन सक्ने भन्दै चिन्ता व्यक्ता गरेका छन्।
तपाईको प्रतिक्रिया