गाेरखा प्रहरी हिरासतमा रहेका १ युवकमा कोरोना

समाधान संवाददाता २०७७ जेठ २५ गते १२:३३

समाधान संवाददाता

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान पुष्टि गरेको गोखराका १० संक्रमितमध्य १ जना प्रहरी हिरासतमा रहेको खुलेको छ । निर्देशनालयको अपडेटअनुसार आइतबार मात्र प्रदेशका विभिन्न ४ जिल्लाका ३८ संक्रमित भेटिएको पुष्टि गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका ति युवक जबरजस्तीकरणी मुद्दामा पक्राउ परेका थिए । १७ वर्षीय ति युवक १० दिनअघि पक्राउ परेको गोरखा प्रहरीका डिएसपी वासुदेव खतिवडाले बताए ।

Advertisement

हिरासतमा राख्नुअघि आरडिटी परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । थप परीक्षण गर्दा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । प्रहरी हिरासतमा अहिले उनी १ जना मात्र छन् ।

थप उपचारको लागि गोखरा अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको उनले बताए । उनको सम्पर्कमा रहेका प्रहरी कर्मचारीलाईसमेत सेल्फ क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको डिएसपी खतिवडाले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया