गाेरखा प्रहरी हिरासतमा रहेका १ युवकमा कोरोना

समाधान संवाददाता
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान पुष्टि गरेको गोखराका १० संक्रमितमध्य १ जना प्रहरी हिरासतमा रहेको खुलेको छ । निर्देशनालयको अपडेटअनुसार आइतबार मात्र प्रदेशका विभिन्न ४ जिल्लाका ३८ संक्रमित भेटिएको पुष्टि गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका ति युवक जबरजस्तीकरणी मुद्दामा पक्राउ परेका थिए । १७ वर्षीय ति युवक १० दिनअघि पक्राउ परेको गोरखा प्रहरीका डिएसपी वासुदेव खतिवडाले बताए ।
हिरासतमा राख्नुअघि आरडिटी परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । थप परीक्षण गर्दा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । प्रहरी हिरासतमा अहिले उनी १ जना मात्र छन् ।
थप उपचारको लागि गोखरा अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको उनले बताए । उनको सम्पर्कमा रहेका प्रहरी कर्मचारीलाईसमेत सेल्फ क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको डिएसपी खतिवडाले जानकारी दिए ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया