पोखराका संक्रमितसँग सम्पर्कमा आएका ३९ जनाको स्वाब संकलन

समाधान संवाददाता
पोखराका कोराना संक्रमितसँग सम्पर्कमा आएका ३९ जनाको स्वाब संकलन गरिएको छ । पिसिआर विधिबाट कोरोना परीक्षण गरेर सम्पर्कमा आएकामा कोरोना भए/नभएको यकीन गर्न आइतबार ३९ जनाको स्वाब संकलन गरिएको पोखरा महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।
महाशाखाका अधिकृत हरिलाल आचार्यका अनुसार २९ पुरुष र १० जना महिलाको स्वाब संकलन गरिएको हो । संक्रमित ती ६० वर्षीय पुरुष कानुन व्यवसायी भएकाले उनको सम्पर्कमा आउने अधिकांश कानुन व्यवसायी छन् ।
कन्ट्याक ट्रेसिङका क्रममा औषधि व्यवसायीदेखि कपाल काट्नेसम्म संक्रमितको सम्पर्कमा आएको भेटिएको छ । सम्पर्कमा आएका सबै अहिले घरमै बसेका छन् ।
ती संक्रमित गत मंगलबार पोखराको आलुमाइला चोकस्थित डेरामा बेहोस भेटिएका थिए । तत्काल गण्डकी मेडिकल कलेजमा उपचारका लागि पु¥याइएकोमा थप उपचार गर्न सोही दिन हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । काठमाडौं पुगेपछि स्वाब संकलन गर्दा शुक्रबार उनमा कोरोना पुष्टि भएको थियो ।
कास्कीमा अहिलेसम्म ४ जनामा कोरोना पुष्टि भएको छ । ३ संक्रमितमध्ये २ जना रुपा गाउँपालिका र १ जना पोखरा २७ का पुरुष हुन् ।
तीनै जना संक्रमित भारतबाट नेपाल आएका हुन् । काठमाडौंमा उपचाररत पुरुषबाहेक ३ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
कसरी संक्रमित भए कास्कीका ६० वर्षे पुरुष, पत्ता लगाउनै मुस्किल !
पोखराका संक्रमित पुरुषको सम्पर्कमा आएका ३५ जना सम्पर्कमा, अधिकांश हाइप्रोफाइल
संक्रमितसंग सम्पर्कमा रहेका व्यक्तीसंगै थिए प्रदेशमन्त्री विकास लम्साल







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया