थप ३२३ जनामा कोरोना, संक्रमित ४ हजार ८५ पुगे

समाधान संवाददाता २०७७ जेठ २७ गते १६:३७

समाधान संवाददाता

नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै गरेर नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर ५ सय ८४ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ९६ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर १ लाख ६ हजार ३ सय ३१ नमुना संकलन गरेर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया