गण्डकीमा थपिए २ संक्रमित, १ सय ४७ मा संक्रमण

समाधान संवाददाता २०७७ जेठ २८ गते १३:१९

पाेखरा

गण्डकी प्रदेशमा काेराेनाका २ जना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्दशनालयका अनुसार नवलपुरकाे गैंडाकोट नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २३ र २६ वर्षे पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरुलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा राखिएको छ | यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ |

Advertisement

तपाईको प्रतिक्रिया