यस वर्ष एसईई नहुने, विद्यालयकै मूल्याङ्कनका आधारमा विद्यार्थीको ग्रेड निर्धारण हुने

समाधान संवाददाता २०७७ जेठ २८ गते २२:४९

समाधान, काठमाण्डौं ।

लाखौं विद्यार्थीको भविष्य जोडिएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई नहुने निश्चित भएको छ । मन्त्रिपरिषदको बुधबार सााझ बसेको बैठकले विद्यालयको आन्तरिम मूल्यांकनलाई नै एसइइको नतिजा मान्ने निर्र्णय गरेको छ । आन्तरिक मूल्याङ्कनमा ल्याएको अंकका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

स्रोतका अनुसार शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्प पेश गरेको थियो । तर विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएकाले तत्काल परीक्षा सम्भव छैन ।

Advertisement

अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ ।

गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया