कास्कीमा जोर बिजोर प्रणालीः आज सम्झाइ बुझाइ, भाेलिदेखि कारवाही

समाधान संवाददाता
सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेसँगै निजी सवारी साधन सञ्चालनको मादपण्ड सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता डा युवरात खतिवडाले सार्वजनिक गरेको निर्णयअनुसार आजदेखि मुलुकभरका निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालनमा आएका छन् ।
जोर गते जोर नम्बरका सवारी र बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन निगरानी गर्न मातहतका ट्राफिक कार्यालयलाई निर्देशन छ ।
कास्कीमा आज(शुक्रबार) जोर बिजोर लागु भएको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीले एकैपटक निर्णय कार्यान्वयन गराउँदा सर्वसाधारणलाई मर्का पर्ने भएकाले शुक्रबार सम्झाइ बुझाइ गर्ने बताए ।
‘निर्णय लागु गराउने तयारी गरिरहेका छौं,’ उनले भने, ‘शुक्रबार सम्झाइ बुझाइ गर्छौ । शनिबारदेखि कार्यान्वयनमा जान्छौं ।’
सरकारले जारी गरेको मापदण्ड कार्यान्वयनबारे पहिले सूचित गरिने र कार्यान्वयनको चरणमा जाने उनले बताए ।
कोरोना भाइरसका कारण सतर्कता स्वरुप लकडाउनलाई पूर्ण नखुलाइसकेको अवस्थामा सडकमा सवारी चाप कम गर्न सरकारले विभिन्न मापदण्ड बनाएको छ ।
२ पाङ्ग्रे सवारी मोटरसाइकल तथा स्कुटरमा चालक मात्र सवार हुन पाउने सरकारका प्रवक्ता डा खतिवडाले बताएका थिए ।
तर उक्त निर्णयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् । सवारी पास लिएकाको हकमा भने जोर बिजोर लागु नहुने भएको छ ।








फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया