गण्डकी प्रदेशका कोरोना पीडित व्यवसायीका लागि १ अर्ब

समाधान संवाददाता २०७७ असार १ गते १६:२३

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सरकारले कोरोना महामारीबाट धरासयी हुनबाट उद्योग धन्दालाई जोगाउन १ अर्ब बजेट विनियोजन गरेको छ ।

आव २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले व्यवसाय जीवन रक्षा कोषका लागि १ अर्ब विनियोजन गरेको जानकारी दिए ।

Advertisement

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसबाट प्रभावित भएको नीजि क्षेत्रको राहातका लागि १ अर्ब रुपैया बिनियोजन गरेको छ ।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले गण्डकी प्रदेश सभाका आर्थिक बर्ष २०७७÷०७८ का लागि बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन् ।

Advertisement

अर्थमन्त्रीले यसका लागि ‘व्यवसाय जीवन रक्षा’ शिर्षक दिएका छन् ।

कोरोना महामारीका कारण ध्वस्त भएको नीजि क्षेत्रको राहातका लागि यो रकम खर्च गरिने उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया