मुख्यमन्त्री जलवायु कृषि कार्यक्रमलाई ४ करोड २६ लाख
समाधान संवाददाता
२०७७ असार १ गते १६:३८
समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री जलवायु कृषि कार्यक्रमलाई ४ करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आव २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले कार्यक्रमको निरन्तरता दिँदै उक्त बजेट विनियोजन गरेको जानकारी दिए ।
मुस्ताङ, मनाङमा स्याउ उत्पादन कार्यक्रम, एक बाली एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिन बजेट विनियोजन गरेको अर्थमन्त्री गुरुङले बताए । बजेटले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया