हिमागृह र रत्नमन्दिरलाई पनि बजेट, पर्यटनका लागि २७ करोड ४५ लाख

समाधान संवाददाता २०७७ असार १ गते १६:४४

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश सरकारले आगामी आवको बजेट मार्फत नेपाल ट्रस्टको नाममा रहेको पोखरा लेकसाइडस्थित हिमागृह र रत्नमन्दिरको संरक्षणका लागि सम्बोधन गरेको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले हिमागृह र रत्नमन्दिरलाई बजेट विनियोजन गरेको जनाएका हुन् ।

प्रदेश सरकार अन्तर्गत ल्याउन प्रक्रिया अघि बढिरहेको छ । त्यसैगरी समग्र प्रदेशको पर्यटन क्षेत्रको उत्थानका लागि २७ करोड ४५ लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया