सभागृह मर्मतमा प्रदेशको १ करोड

समाधान संवाददाता २०७७ असार १ गते १६:५०

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सरकारले पोखरा सभागृह मर्मतका लागि बजेट खर्चिने भएको छ । आगामी बजेट प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले पोखरा महानगरपालिकासँगको समन्वयमा १ करोड रुपैयाँ बजेट मर्मतका लागि विनियोजन गरेको जानकारी दिए ।

गण्डकी प्रदेश सभा त्यही सभागृह हलबाट सञ्चालन भइरहेको छ । कोरोना भाइरसका कारण सामाजिक दुरी पालनाको मापदण्ड लागु गर्न नदीपुरको प्रदेश सभा हल साँघुरो भएपछि विकल्पमा सभागृह हल प्रयोगमा ल्याइएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया