कास्कीमा २ सहित प्रदेशभर १९ संक्रमित थपिए

समाधान संवाददाता २०७७ असार ७ गते १३:३६

समाधान संवाददाता

गण्डकी प्रदेशमा थप १९ जना कोरोना संक्रमित थपिएका छन् ।स्याङ्जामा १०, बागलुङमा ५, कास्कीमा २, नवलपुर र तनहुँमा १/१ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कास्कीका २ संक्रमितमध्ये १ पोखरा महानगरका ४० वर्षे पुरुष र अर्का संक्रमित मादी गाउँपालिकाका १९ वर्षे पुरुष हुन् । स्याङ्जाका संक्रमित ६ जना चापाकोट नगरपालिकाका, २ जना गल्याङ नगरपालिकाका हुन् ।

Advertisement

बागलुङका संक्रमितमध्ये गलकोट नगरपालिकाका ३ जना, बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकाका १/१ जना छन् । नवलपुरका संक्रमित गैंडाकोट नगरपालिका र तनहुँका संक्रमित व्यास नगरपालिकाका हुन् ।

आज बिहान मात्रै गण्डकी प्रदेशका ४ जिल्लाका १६ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय २३ पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया