रानीवनबाट २ महिलासहित ६ जुवाडे पक्राउ

समाधान संवाददाता २०७७ असार १७ गते १२:०४

समाधान संवाददाता, पोखरा

पोखरा १७ तितेपानी रानीवनबाट २ महिला सहित ६ जना जुवाडेलाई बुधबार राति कास्की प्रहरीले पक्राउ गरेको छ । रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।

जुवाखालबाट ४७ हजार १ सय रुपैयाँ र तास बरामद भएको उनले बताए ।
पक्राउ पर्नेमा घरधनी ३६ वर्षीया रिमा गुरुङ, ४१ वर्षीया मुना गुरुङ, छोरेपाटन बस्ने ३१ वर्षीय लिलाधर सुवेदी, ३० वर्षीय राजमान गुरुङ, ३८ वर्षीय डिलप्रसाद गुरुङ र पोखरा १६ दीप बस्ने ४८ वर्षीय खेम गुरुङ छन् ।

Advertisement

वडा प्रहरी कार्यालय बैदाम र जिल्लाको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ उपर थप कारवाही प्रक्रिया अघि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।

सोमबार साँझ पोखरा १० इन्द्रचोकबाट समेत ३ महिला सहित १० जना जुवाडेलाई कास्की प्रहरीले पक्राउ गरेको थियो । उनीहरुबाट १० हजार ७ रुपैयाँ बरामद भएको कास्की प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया