बर्दियाका लउटन थारु कास्कीको रुपामा सुतिरहेकै ठाउँमा मृत भेटिए
समाधान संवाददाता
२०७७ असार १८ गते १६:५२
समाधान संवाददाता, पोखरा
बर्दिया मधुवन गाउँपालिका ३ घर भएका ४६ वर्षीय लउटन थारुको मृत्यु भएको छ ।
कास्कीको रुपा गाउँपालिकामा सडक निर्माणको नाला खन्ने काम गर्दै आइरहेका उनी बुधबार बेलुका खाना खाएर सुतिरहेकै अवस्थामा मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयका डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
लउटन गाउँपालिका ६ फालभञ्ज्याङस्थित रामबहादुर खड्काको घरमा डेराकोठामा बस्दै आएका थिए । बिहीबार बिहान ६ बजे उनकै साथी उठाउन जाँदा मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर पुगेको थियो ।
घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया