गण्डकीमा थपिए ३२ संक्रमित
समाधान संवाददाता
२०७७ असार १९ गते ७:०३
पाेखरा
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा शुक्रबार बिहान ३२ जना संक्रमित थपिएका छन् ।
नवलपुरमा १९ जना, तनहुँमा ९ जना, पर्वतमा ३ र बागलुङमा थप १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ
सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ |
Comment
Share
सम्बन्धित
तपाईको प्रतिक्रिया