राेनाल्डाेकाे युभेन्टसकाे नराम्राे पराजय

एजेन्सी
इटालियन सिरी ए फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा उपाधी होडमा रहेको शीर्ष स्थानको युभेन्टस पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा एसी मिलानले युभेन्टसलाई ४–२ ले पराजित गरेको हो ।
पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । तर दोस्रो हाफको सुरुवाति समयमा युभेन्टसले लगातार दुई गोल गरी अग्रता लियो । उसका लागि ४७ औँ मिनेटमा साबिओतले गोल गरी सुरुवाति अग्रता दिलाए ।
५३ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरी अग्रता दोब्बर पारे । तर यो अग्रता उसले जोगाउन भने सकेन ।

६२ औँ मिनेटमा पाएको पेनाल्टीमा जाल्टन इब्राहिमोविचले एसी मिलानका लागि पहिलो गोल गरे । ६६ औँ मिनेटमा केसिइले गोल गरेपछि एसी मिलानले बराबरी गर्न सफल भयो ।
६७ औँ मिनेटमा डा कोन्सिकाओ लिएओ र ८० औँ मिनेटमा रेबिकले गोल गरेपछि एसी मिलान ४–२ ले विजयी भयो ।
जितपछि ३१ खेलबाट ४९ अंकसहित एसी मिलान पाँचौँ स्थानमा पुगेको छ । पराजित भएको शीर्ष स्थानको युभेन्टसको ३१ खेलबाट ७५ अंक छ ।







मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया