१ तोला सुनको मूल्य ९२ हजार ४ सय
समाधान संवाददाता
२०७७ असार २५ गते १५:३६
समधान संवाददाता
नेपाली बजारमा सुनको मूल्य लगातार बढेको छ । विहीबार अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको छ । छापावल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको छ ।
यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ९६५ रुपैयाँमा कायम भएको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर ९८० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबारको तुलनमा प्रतितोला ९ सय रुपैयाँले सुनको भाउ बढेको छ । बिहीबार कारोबार भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया