भारतकाे जम्मु–कश्मीरमा गोर्खा सैनिकको मृत्यु

समाधान संवाददाता २०७७ असार २६ गते १२:३९

पोखरा

भारतको सीमा रक्षामा खटिएका गोरखा जिल्ला घर भएका एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् ।

जम्मु–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार बिहान भएको गोलाबारीमा हबलदार सम्बर गुरुङको मृत्यु भएको हो ।

Advertisement

उनको घर गोरखा जिल्ला रहेको भारतीय सेनाले पुष्टि गरेको छ ।
घाइते अवस्थामा भेटिएका उनलाई तत्कालै अस्पताल लगिए पनि बचाउन नसकिको भारतीय सेनाले जनाएको छ ।

युद्धविरामलाई उल्लंघन गर्दै शुक्रबार बिहान १ बजेतिर पाकिस्तानतर्फबाट गोलाबारी भएको भारतीय सेनाको दाबी छ । हबलदार गुरुङ जम्मु कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया