गाडीमा लिफ्ट दिएर बलात्कार प्रयास, ४ पक्राउ
समाधान संवाददाता
२०७७ असार ३१ गते १२:५०
समाधान संवाददाता, पोखरा
१ युवतीलाई गाडीमा लिफ्ट दिने बहानामा पोखरामा बलात्कार प्रयास भएको छ ।
बलात्कार प्रयास गर्ने ४ जनालाई कास्की प्रहरीले पक्राउ गरिसकेको छ ।
मंगलबार बिहान लेकसाइडको १ होटलमा पुर्याएर उनीहरुले युवतीमाथि जबरजस्ती शारीरिक सम्बन्ध राख्न खोजेका थिए ।
युवती उनीहरुबाट उम्कन सफल भई प्रहरी कहाँ खबर गरेकी थिइन् ।
प्रहरीले उनीहरुलाई पर्वततर्फ जाँदै गर्दा नागडाँडाबाट पक्राउ गरेको स्रोतले बतायो ।
घटना भएको बताएपनि प्रहरी अधिकारीले औपचारिक रुपमा सार्वजनिक गरेका छैनन् ।
सांकेतिक तस्बिर
सम्बन्धित
तपाईको प्रतिक्रिया