नीलो कारमा राखेर लेकसाइड पुर्याएका थिए ४ जनाले युवतीलाई

समाधान संवाददाता २०७७ साउन १ गते १२:१८

समाधान संवाददाता, पोखरा

बागलुङ बसपार्कस्थित सहारा अस्पतालको अगाडि एउटा निलो कार रोकियो । उक्त कारमा ४ जना सवार थिए । सकड छेउ उभिएकी १५ वर्षीया १ बालिकालाई ति युवाहरुले कारमा राखे ।

प्रहरीका अनुसार असार ३० गते मंगलबार बिहान साढे ६ बजे ती ४ जनाले युवतीलाई जबरजस्ती गाडीमा राखेर लेकसाइड पुर्याएका थिए । उनीहरुले लेकसाइडस्थित १ होटलमा पुर्याई करणीसम्बन्धी कसूर गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।

Advertisement

युवतीले प्रहरीकहाँ तत्कालै खबर गर्नासाथ प्रहरीको टोली घटनास्थलमा पुगि खोजतालसमा लागेको थियो । घटनामा संलग्न कास्की अन्नपूर्ण गाउँपालिका ३ बस्ने २४ वर्षीय कपिल गुरुङ, २२ वर्षीय योगेश थकाली, १९ वर्षीय पुकार गुरुङ र १८ वर्षीय सुशल गुरुङलाई पक्राउ गरिएको प्रवक्ता हमालले जानकारी दिए ।

उनीहरुलाई पोखरा १८ लामागाउँबाट सवार ग१च ७७४५ नम्बरको कारसहित प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ उपर शरीर बन्धक र करणी सम्बन्धी कसूर अन्तर्गत मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता हमालले बताए ।

Advertisement

सांकेतिक तस्बिर

तपाईको प्रतिक्रिया