सक्किगो नि’ टिमको फिल्म ‘लाज शरणम्’मा जोडिए त्रिपाठी

समाधान संवाददाता २०८१ वैशाख १६ गते १२:३५

काठमाडौं ।
टेलिभिजन सिरियल ‘सक्किगो नि’ समूहले निमार्ण गर्न लागेको कथानक फिल्म ‘लाज शरणम्’मा कलाकार महेश त्रिपाठी जोडिएका छन् । फिल्मको यतिबेला कार्यशाला चलिरहेको छ । जेठ १५ छेकोदेखि छायांकन सुरु हुने फिल्मका कलाकार यतिबेला पात्र निर्माणको गृहकार्यमा छन् ।


यो कमेडी–सोसल ड्रामामा सागर लम्साल ‘बले’ र दीपक आचार्य ‘काकु’ कलाकार हुने र कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गर्ने खबर यसअघि नै सार्वजनिक भइसकेको छ ।


केही महिनाअगाडि धरानमा सुटिङ भएको त्रिपाठी अभिनित अर्को कमेडी विधाको फिल्म खजुरे ब्रो आगामी वैशाख २८ गतेदेखि रिलिज हुँदै छ । महेश त्रिपाठी सगै कलाकार रेणु योगी र प्रशान्त ताम्राकार पनि जोडिएका छन् । यी तीनजना कलाकार अहिले वर्कसपमा छन् ।

Advertisement


यसबारे बलेलाई सोध्दा उनले आफू मौन रहने बताए । अहिले पुरानो बानेश्वरमा यो फिल्मको वर्कसप चलिरहेको छ । सुदीप बरालले छायांकन गर्ने यो फिल्मको छायांकन कर्णाली प्रदेशमा हुने तयारीमा छ । यसअघि वसन्त पञ्चमीको अवसर पारेर सामाजिक सञ्जालमार्फत नाम सार्वजनिक गरिएको थियो । चलचित्रका बारेमा विस्तृत जानकारी भने दिइएको छैन । (पाँडे) र कुमार कट्टेल (जिग्री) सक्किगोनीको निर्देशन गर्दै आएका छन् ।


फिल्ममा सक्किगोनीका थुप्रै कलाकारहरूलाई देख्न सकिने छ अनुमान गरिएको छ । निर्माताले चाँडै पत्रकार सम्मेलनमार्फत यसबारे आधिकारिक घोषणा गर्ने तयारी गरिरहेका छन् । जेपिटी क्रिएसनको ब्यानरमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्म अहिले मुलक र नागरिकले भोग्नुपरेको यथार्थ समस्यालाई चित्रण गर्ने बताइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया